चिन्ता (Anxiety)
ठुला मानिसहरूलाई जस्तै बालबालिकाहरूलाई पनि चिन्ता लाग्न सक्छ । उनीहरूको मन
पनि आत्तिने एवम् डराउने हुन सक्छ । बिभिन्न खालका वस्तु एवम् परिस्थितिप्रति
उनीहरूको मनमा उत्पन्न हुने डर र बेचैनीका कारण बालबालिकाहरूमा पनि चिन्ताजन्य
समस्या उत्पन्न भइरहेको हुन्छ ।
बलबालिकाहरूमा चिन्ताको कारणले गर्दा कुनै घटना घट्छ कि भनेर डराउने, नयाँ मान्छेसँग भेट्नु प¥यो भने वा नयाँ ठाउँमा
जानु प¥यो भने जान नमान्ने,
अनौठा घटना घट्छ कि भनेर आत्तिने, आफ्नो आमा बुबा तथा एकदमै परिचित दाजुदिदी एवम् अभिभावकसँग छुट्टिएर बस्नुपर्छ
कि भनेर डराउने एवम् छुट्टिएर बस्न नमान्ने, विद्यालय जान
नमान्ने,
एक्लै सुत्न नमान्ने, टाउको दुख्यो, पेट दुख्यो भनेर बिभिन्न खालका गुनासाहरू गरिरहने पनि हुन सक्दछ । उमेरको
बृद्धिसँगै डर घट्ने क्रममा हुन सक्छ भने चिन्ता बढ्ने क्रममा हुन्छ ।
के हुन् त बालबालिकाका चिन्ताका स्रोतहरू?
असफलतको डर
अरुले आलोचना
गर्छन् कि,
अरुको अगाडि बेइज्जत हुन्छ कि तथा दण्ड पाइन्छ कि भन्ने डर
कडा तथा
दण्डात्मक अनुशासन
आलोचना तथा
खिसीटिउरी
जीवनसँग
सम्बन्धित नराम्रा वा नमिठा अनुभवहरू
त्नावपूर्ण
घटना वा आघातजन्य अनुभव
असुरक्षित
वातावरण एवम् पक्षपातपूर्ण व्यवहार
दैनिक जीवनमा असुरक्षा,
दवाव अनि तनावमा हुर्कन बाध्य बालबालिकाहरूमा पनि यस्तो
समस्या आउन सक्दछ । बालबालिकाहरूले पनि आपूmलाई खतराबाट
टाढा राखी सुरक्षित हुन खोज्दछन् जसले गर्दा यो व्यवहार बारम्बार दोहो¥याउन थाल्दछन् ।
बालबालिकाहरूमा डर तथा चिन्ताजन्य समस्या रहेछ भनेर कसरी थाहा पाउन सकिएला?
आपूmले गर्न सक्ने क्रियाकलापमा पनि हुन सक्ने असफलतादेखि डराएर सहभागी हुन
चाहिरहेका हुँदैनन् । जस्तै ः परीक्षा तथा अन्य प्रतिस्पर्धात्मक क्रियाकलापहरूमा
भाग लिन चाहिरहेका हुँदैनन् ।
आफ्नो बारेमा
बढी संवेदनशील हुन्छन् र हरेक कुरामा विश्वस्त आधारहरू नै चाहन्छन् वा खोजिरहेका
हुन्छन ्
अधैर्य
देखिन्छन्,
बढी आत्तिरहेका हुन्छन् र कुनै पनि कुरामा आनन्द लिन
सकिरहेका हुँदैनन् ।
सुत्न सकिरहेका
हुँदैनन्,
सपनामा तर्सिने पनि गर्दछन्, टाउको दुखेको,
पेट दुखेको, शरीर दुखेको
आदि गुनासो गरिरहेका हुन सक्छन् । त्यसै पनि पसिना आइरहेको हुन सक्छ, त्यति टाठो
नदेखिन सक्छन् ।
चिन्ताको
मात्रा बढ्दै जाँदा पाचन प्रक्रियामा समस्या आउनुको साथसाथै बारम्बार दिसा पिसाब
लागिरहने पनि हुन सक्छ ।
ध्यान
केन्द्रित गर्न सकिरहेका हुँदैनन् ।
सानो सानो
कुरामा पपिन झिँझ ो मान्ने वा रिसाउने गरिरहेका हुन सक्छन् ।
अरुलाई दोष
लगाउने,
बिभिन्न बाहाना बनाउने, स्कुल नआउने, विद्यालयबाट भाग्ने,
गृहकार्य नगर्ने जस्ता समस्याहरू पनि देखिन सक्छन् ।
साथीहरूसँग
घुलमिल हुन सकिरहेका पनि हुँदैनन् ।
केश स्टडी चिन्ताः
बिनिता कक्षा ५ मा पढ्ने छात्रा हुन् । उनी गृहकार्य पनि गर्छिन् तर उनको
गृहकार्य अक्सर मिलेको भने हुँदैन । उनी केही विषयमा पास पनि हुन्छिन् तर धेरै
विषयहरूमा चाहिँ उत्तीर्णको नजिक पुगेकी हुन्छिन् तर उत्तीर्ण भने हुन सकिरहेकी
हुन्नन् । उनी कक्षामा शिक्षकलाई प्रश्न सोध्न डराउँछिन् । उनलाई शिक्षकले
पढाइरहेका बेलामा जानेको जस्तो पनि लाग्छ तर उनी तुरुन्तै बिर्सन्छिन् । उनी आपूmले जानेकै कुरा गर्दा पनि हडबडाउने गर्छिन् । उनी हिजोआज साथीहरूसँग् नमिल्ने, सानो सानो कुरामा पनि रिसाउने गर्छिन् । मनमा धेरै कुरा खेलाउँछिन् ।
बाबुआमाको भनाइअनुसार राति निन्दा्रामा तर्सिन्छिन् । मस्तसँग निदाउन पनि सक्दिनन्
। घरमा बाबुआमाले पढाइमा प्रगति गर्न नसकेकोमा गाली गर्ने गर्छन् भने शिक्षकले पनि
साथीहरूको अगाडि गिज्याउने होच्याउने गर्छन् ।
अभिभावकसँग छुट्टिनु पर्ला भन्ने चिन्ताका (Separation Anxiety) लक्षणहरू
अभिभावक (बाबुआमा) एवम् नजिकको मान्छे जोसँग उनीहरू अलिक बढी नै घुलमिल भएका
छन् उनीहरूसँग छुट्टिनुपर्दा तथा उनीहरूको मनपर्ने बस्तु गुमाउँदा बालबालिकाहरूमा
देखापर्ने चिन्ताजन्य समस्या ९क्भउबचबतष्यल ब्लहष्भतथ० सन्दर्भमा भने निम्नानुसारका
लक्षणहरू देखापर्न सक्दछन् ः
धेरै घुलमिल
भएका मान्छे वा अभिभावकबाट छुट्टिनु पर्दा उनीहरूलाई केही हुन्छ कि अनि उनीहरू
फर्किएर आउँदैनन् कि भन्ने असान्दर्भिक चिन्ताले उनीहरूलाई सताइरहेको हुन्छ ।
उनीहरूबाट आपूm छुट्टिनु पर्छ कि,
आपूm
कतै गएको बेलामा उनीहरूलाई केही हुन्छ कि भनेर विद्यालय जान
मानिरहेका हुँदैनन्
त्यस्ता
मानिसहरूसँग छुट्टिएर पनि सुत्न चाहँदैनन्
एक्लै हुन्छु
कि भनेर डराइरहेका हुन्छन् । टाँसिएर बसिरहेका हुन्छन् ।
बारम्बार राति
अभिभावक एवम् घुलमिल भएको मानिससँग छुट्टिनुपरेको सपना देखेर कराउने, तर्सने,
रुने पनि गरिरहेका हुन सक्छन्
छुट्टिनु पर्ने
भयो भने टाउको दुख्यो,
पेट दुख्यो भनेर बिभिन्न खालका शारीरिक समस्याहरू पनि देखाइ
रहने गर्न सक्दछन् ।

0 Comments