बालबालिकाहरुमा हुन सक्ने भावनात्मक तथा व्यवहारिक समस्याहरु
(Emotional and Behavioral Problems in Children)
शिक्षक साथी !
तपाईंले आफ्नो शिक्षण पेशाको दौरानमा विशेष खालको व्यवहार भएका वा फरक खालको बानी व्यवहार भएका बालबालिकाहरु पक्कै देख्नु भएको छ । बालबालिकाहरुमा देखिन सक्ने फरक व्यवहार वा स्वभावलाई ख्याल गर्ने गरिएको छ या छैन अनि कक्षाकोठा भित्र एवं समग्र सिकाइको सन्दर्भमा कसरी लिने गरिएको छ वा कसरी सम्बोधन गरिएको छ त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो । बालबालिकाहरुको सर्वतोमुखी विकास तथा गुणस्तरीय सिकाइमा उनीहरुमा देखिन सक्ने विशेष खालको व्यवहारले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । ठूला मानिसहरुमा जस्तै बालबालिकाहरुमा पनि मानसिक तथा मनोसामाजिक समस्याहरु देखिन सक्छन् । बालबालिकाहरुमा देखिने विशेष खालका व्यवहार वा मानसिक तथा मनोसामाजिक समस्यालाई नै भावनात्मक तथा व्यवहारकि समस्याको रुपमा बुझ्ने गरिन्छ । समस्याको प्रकृ ितभने वयस्क अवस्थाका मानिसहरुको भन्दा फरक खालको हुनसक्छ । बालबालिकाहरुको विशेष व्यवहारलाई बेलैमा ख्याल गरिएन भने उनीहरुमा देखिन सक्ने भावनात्मक तथा व्यवहारिक समस्याहरुले उनीहरुको सिकाइमा प्रत्यक्ष असर त पार्छ नै जटिल खालको मानसिक समस्या पनि निम्त्याइदिन सक्छ । जसले उनीहको सिङ्गो जीवनलाई नै विकलाङ्ग पनि बनाइदिन सक्छ । अध्ययनले देखाए अनुसार विश्वमा ८ देखि १४ प्रतिशत बालबालिकाहरुमा मानसिक समस्या देखिने गरेको पाइएको छ भने नेपालमा गरिएको अध्ययनले पनि १४.७८ प्रतिशत बालबालिकाहरुमा भावनात्मक तथा व्यवहारिक समस्या देखिने गरेको पाइएको छ । बालबालिकाहरुमा देखिन सक्ने भावनात्मक तथा व्यवहारिक समस्याहरु बिभिन्न कारणबाट हुने भए पनि धेरैहदसम्म विद्यालयको वातावरणले पनि प्रभाव पार्ने र पहिचान तथा व्यवस्थापनमा पनि विद्यालयको अहम् भूमिका हुने हुँदा शिक्षक साथीहरुमा बालबालिकाहरुको विशेष व्यवहार वा भावनात्मक तथा व्यवहार वा भावनात्मक तथा व्यवहारिक समस्याहरुको पहिचान र तिनीहरुको व्यवस्थापनको बारेमा ज्ञान सीप हुनु नितान्त आवश्यक हुन्छ ।
बालबालिकाहरुमा हुन सक्ने भावनात्मक तथा व्यवहारिक समस्याहरुलाई कसरी पहिचान गर्न सकिन्छ त?
बालबालिकाहरुमा निम्नलिखित व्यवहार एवम् स्वभाव देखिएका उनीहरुमा व्यवहारिक तथा भावनात्मक समस्याहरु भएको हुन सक्छ है शिक्षक साथीहरु ः
समान उमेरका अरुसामान्य बालबालिकाहरु भन्दा बोल्न, खेल्न, हिँड्न एवम् अन्य दैनिक क्रियाकलापमा ढिलो हुनु÷कमजोर हुनु, एउटै कक्षामा बारम्बार फेल भइरहनु ।
४, ५ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्नु, एकपटक ओछ्यान भिजाउन छाडिसकेपछि पनि पुनः ओछ्यान भिजाउने समस्या देखापर्नु ।
सपनामा अस्वाभाविक रुपमा तर्सनु, डराउनु, चिच्याउनु, सपनामा बर्बराएर हिँड्नु, भक्भकाउनु आदिन ।
केही अक्षरहरु उल्टो लेख्नु, पढाइमा लोते हुनु, भाषाको विकासमा ढिलो हुनु, कुनै निश्चित विषयमा निक्कै कमजोर देखिनु ।
ध्यान कम दिने, बढी चकचक गर्ने, बढी रिसाउने,झगडा गर्ने, आक्रोशित व्यवहार देखाउने, आपूmलाई एवम् अरुलाई हानी पु¥याउने खालको व्यवहार गर्ने ।
चिन्तित हुने, उदास भएर बस्ने, धेरैजसो समय निद्याउरो वा दुखी देखिने , मनमा कुरा खेलाएर बस्ने, झोक्राएर एक्लै बस्ने, बिनाकारण पनि डराउने, आपूmले जानेका कुरा पनि अरुको अगाडि भन्न तथा गर्न डराउने, आत्तिने अनि सानो सानो कुराहरुमा पनि झर्किने ।
विद्यालय जान नमान्ने,विद्यालय जाने बेलामा बिभिन्न खालका गुनासा वा समस्या देखापर्नु (टाउको दुख्नु, पेट दुख्नु,वान्ता हुनु आदि)
विद्यालयबाट टिफिन समयमा भाग्ने, आपूmलाई मन नपर्ने कक्षा छाडिदिने,साथीहरुलाई दुःख दिने, मद्यपान, धुम्रपान तथा लागूपदार्थ दुव्र्यसनमा लाग्ने ।
घरपरिवार, विद्यालय एवम् समाजको नियम उल्लंघन गरिरहनु, आपूmले बिगार्ने तर दोष अरुलाई लगाउने, आपूmले काम बिगार्दा पनि गल्तीको महशुस नगर्ने ।
बेहोस भएर लड्ने, हातखुट्टा र जीउ काप्ने, कडा हुने, मुखमा फिँज आउने, जुनसुकै समय र ठाउँमा पनि बेहोस हुनु ।
बालबालिकाहरुले भित्रभित्रै महशुस वा अनुभव गर्ने समस्याहरु जसलाई हामीले उनीहरुको बानी व्यवहारलाई नजिकबाट नियाल्न सकेनौँ भने थाहा पाउन सकिँदैन यस्तो समस्यालाई भावानात्मक समस्याको रुपमा लिइन्छ । जस्तै ः चिन्ता, डर, तनाव तथा निराशाजन्य समस्या बालबालिकाहरुको बानी व्यवहारमा प्रष्टैसँग देख्न सकिने समस्यालाई व्यवहारिक समस्याको रुपमा लिने गरिन्छ । जस्तै ः आचरणजन्य समस्या, अत्याधिक चन्चलेपनाको समस्या तथा बानी व्यवहारमा देखिने समस्याहरु ।
सामान्यतया बालबालिकाहरुमा निम्नानुसारका समस्याहरु पाइन्छन् ः
सिकाइजन्य समस्या (Learning Difficulties)
डर तथा चिन्ताजन्य समस्या (Fear and Anxiety Problems)
स्कुल जान नमान्ने समस्या (School Refusal)
ओछ्यानमा पिसाब गर्ने समस्या (Bed Wetting Problem)
निराशा (Depression)
विकृत तनाव (Conversion Disorder)
छारे रोग (Epilepsy)
अत्याधिक चन्चलेपनाको समस्या (ADHD)
आचरणजन्य समस्या (Conduct Disorder)
बौद्धिक अपाङ्गता (Intellectual Disability)
आघातजन्य समस्या (Trauma)
साथीबाट हुने खिसीट्युरी (Bullying)

0 Comments