अत्याधिक तनावलाई सहन गर्न नसकी मनमा रहेको तनाव विकृत
शारीरिक लक्षणहरुको रुपमा देखापर्नुलाई विकृत तनाव (जसलाई पहिले पहिले हिस्टेरिया
भनिन्थ्यो) को रुपमा लिइन्छ । यो कुनै रोग होइन । तनावको कारण आउने समस्या हो ।
कसरी छुट्याउन सकिन्छ त विकृत तनावको समस्यालाई ?
विकृत तनावका लक्षणहरु देखिनुपूर्व मान्छेको मनमा धेरै तनाव
भइरहेको हुन्छ । मनमा चोट पुगेको अनुभव गरिरहेका हुन सक्छन् । भित्रभित्रै मनमा
पिडाको अनुभव गरिरहेका हुन सक्छन् । जब उनीहरुले आफ्नो पिडा तथा समस्याहरुलाई
समाधान गर्न सकिरहेका हुँदैनन्, समाधानका उपायहरु पाइरहेका हुँदैनन् या साथी सङ्गी,
अभिभावक तथा आफन्तहरुलाई आफ्ना भावनाहरु भन्न पाइरहेका वा
सकिरहेका हुँदैनन् । तब अचेतन मनले आफ्नो तनावलाई कमगर्न कोशिस गरिरहेका हुन्छन ्
तर यसरी तनावलाई कम गर्न कोशिस गर्दा गर्दै पनि आपूmलाई सम्हाल्न नसक्दा अर्ध बेहोस अवस्थामा नै उनीहरुमा
बिभिन्न लक्षणहरु देखा परिरहेका हुन्छन् । वास्तवमा यो अवस्थामा उनीहरुले अरुको
सहयोग चाहिरहेका हुन्छन् ।
विशेषगरी यस्तो अवस्थामा निम्नानुसार लक्षणहरु देखिन सक्छन्
ः
प्राय समूहमा वा अरु मानिस भएको ठाउँमा बेहोस हुन्छन् । एक्लै भएको अवस्थामा
बेहोस हुँदैनन् । सुतेको समयमा यस्तो समस्या देखिँदैन ।
निश्चित परिस्थिति र स्थानमा बेहोस हुने गर्दछन् । उदाहरणका लागि
विद्यार्थीहरुको हकमा परीक्षा आउने आउने समयमा अनि गाह्रो लाग्ने विषयको कक्षामा
यस्तो समस्या देखिन सक्छ ।
बेहोस भए पनि विलकुलै अचेत भएका भने हुँदैनन् । अर्धचेतन अवस्थामा हुन्छन् ।
कोही कोहीले शारीरिक रुपमा काम्ने एवम् मुठी कस्ने अनि बक्ने पनि गर्न सक्दछन्
। देवी देवता वा भूत चढेको अभिनय पनि गर्न सक्दछन् ।
कसैकसैले चाहिँ आफ्नै शरीर कोपर्ने चिथोर्ने अनि कपडा च्यात्ने आदि पनि गर्न सक्दछन्
।
अचानक बोली बन्द हुने, इशाराले मात्र बोल्ने पनि हुन सक्छ ।
कसैकसैमा हात, खुट्टा वा एक हर चलाउन नसक्ने गुनासो पनि आउन सक्छ ।
अनि कसैकसैले आँखा नै नदेखेको समस्या पनि देखाउन सक्दछन् ।
यस्तो अवस्थामा बिरामी केही मिनेटदेखि घण्टौँसम्म पनि बेहोस हुन सक्छन् ।
Case Study
रमा (नाम परिवर्तन) कक्षा १० मा पढ्ने छात्रा हुन् । उनी
बिगत ५ महिनादेखि विद्यालयमा कहिले कक्ष्ाँमा पढाइरहेको बेलामा त कहिले विद्यालयको
चौरमा पटक पटक बेहोस भइसकेकी छिन् । उनी बिगत १ महिनादेाि हप्तामा २÷४ पटक नै बेहोस भइन् । बेहोस भएको ४,५ मिनट पछि उनलाई के भयो भनेर सोध्ने तथा सुम्सुम्याउन थाले
तब उनले आफ्नो घाँटी च्याप्न कोशिस गर्दै मलाई मारिदेऊ भनेर पनि भनिरहेकी थिइन् ।
उनले त्यतिबेला आधाघण्टासम्म बेलाबेलामा त्यस्तो व्यवहार देखाइरहेकी थिइन् ।
त्यसपछि उनले आफ्नो दाहिने हात नै नचलेको गुनासो पनि गरेकी थिइन् ।
मास हिस्टेरिया (Mass Hysteria)
कहिलेकाहिँ समूहमा पनि यस्तो बेहोश हुने समस्या देखापर्न सक्दछ । यसरी समूहमा देखापर्ने सम्स्यालाई ःबकक ज्थकतभचष्ब भनिन्छ । तर समूहमा देखापर्दा पनि शुरु भने एकजनाबाट नै भएको पाइन्छ । यस्ता समस्याहरु विशेषगरी एउटै कक्षा, प्रार्थनाको समय, विद्यालय, छात्रावास, पिकनिक, पार्टी एवम् अन्य यस्तै समूहहरुमा देखापर्न सक्छ ।
मास हिस्टेरिया (Mass Hysteria) मा देखिने लक्षणहरु ः
बेहोस हुने
देवी देवता वा अन्य शक्ति चढ्यो भनेर काम्ने, बक्ने, रुने, कराउने, डराउने, चिच्याउने
आयो आयो भनेर हातले देखाउने, उत्तेजित हुने, भाग्ने जस्ता आदि विविध खालका अनौठा व्यवहार पनि कसैकसैले
देखाइरहेको पाइन्छ ।
कसै कसैमा छोटो समयका लागि आँखा नदेख्ने समस्या पनि देखिन सक्छ ।
आपूmलाई एवम् परिवारका सदस्यहरुलाई समेत नचिन्ने पनि हुन सक्छ ।
किन देखिन्छ त विकृत तनाव तथा मास हिस्टेरियाको समस्या ?
यो समस्या तनाव र पिडासँग सम्बन्धित हुन्छ । उदाहरणका लागि परीक्षामा असफल
हुनु,
कुनै प्रतियोगितामा भाग लिन नसक्नु,
साथीसँगको सम्बन्धमा खटपट हुने,
परिवारमा तनावको वातावरण हुनु,
शिक्षकको पिटाइ एवम् साथीसँगको बेइज्जतीको डर आदि ।
प्रायजसो विद्यालय जाने बढ्दो उमेरका किशोर किशोरीहरुमा यस्तो समस्या बढी
मात्रामा पाइएको छ । तर यो समस्या जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्छ ।
तनावलाई कम गर्ने उपायको जानकारी नहुँदा समस्या समाधानका विकल्प नदेख्दा,
क्षमता भन्दा बढी शैक्षिक तथा अन्य कामको भार आइपर्दा र
कसैबाट पनि सहयोग नपाउँदा एवम् कसैले उनीहरुको समस्यालाई नबुझिदिँदा समस्या देखा
पर्ने सम्भावना हुन्छ ।
मासहिस्टेरियाको सन्दर्भमा पनि पहिलेदेखि तनावको समस्या भएको विद्यार्थीबाट
शुरु भएको हुन्छ र प्रत्यक्ष सम्पर्कमा हुने, घनिष्टसाथी, कमजोर मन भएका र पहिले देखिनै तनाव र चिन्ताको अनुभव
गरिरहेका बालबालिकाहरुलाई एकपछि अर्को गर्दै यस्तो समस्या देखापर्दै जान सक्छ ।
यस्तो समस्या केटीहरुलाई मात्र हुन्छ र यसको सम्बन्ध यौन
रोगसँग सम्बन्धित हुन्छ भन्ने भनाइ गलत हो । बढ्दो उमेरका किशोरीहरुमा द्रुत
बृद्धि विकासले उनीहरुको शरीरमा हर्मोनल परिवर्तन आइरहेको हुन्छ । यसले पनि
उनीहरुको बानी र स्वभावमा परिवर्तन ल्याइरहेको हुन्छ । त्यसैगरी उमेर बढेकै र शरीर
ठुलो देखिएकै भरमा उनीहरुबाट घरपरिवार तथा समाजले पनि परिपक्व व्यवहारको अपेक्षा
गर्ने
गर्दछन् । तर उनीहरु शारीरिकरुपमा हलक्क बढे पनि
व्यवहारिकरुपमा परिपक्व भइसकेका हुँदैनन् । यस्तो अवस्थामा अरु उमेरका मानिसहरुमा
भन्दा उनीहरुले धेरै तनावको महशुस गरिरहेका हुन्छन् ।
समाधानका उपायहरु ः
विकृत तनाव भएको एउटा व्यक्ति होस् या समूह हरेक व्यक्तिलार्य एकैठाउँमा
राख्नु हुँदैन, भिन्दा
भिन्दै तर शान्त ठाउँमा राख्ने व्यवस्था गर्नुपर्दछ ।
बढी हेरचाह गर्ने, मसारमुसार गर्ने, बढी खोजीनिति गर्ने गर्नु हुँदैन यसो
गर्दा लक्षण बढी समयसम्म देखिन सक्छ ।
होसमा आउने बित्तिकै समस्याको बारेमा सोध्नु हुँदैन,
सजिलो अप्ठ्यारो, भोक तिर्खाको बारेमा कुराकानी गरी सोही अनुसारको व्यवस्था
गर्नुपर्दछ ।
विद्यालय बन्द गर्नु हुँदैन । बरु पढाइ भन्दा अतिरिक्त तथा मनोरञ्जनात्मक
क्रियाकलापहरु गराउनु राम्रो हुन्छ । जस्तै ः चित्रकला,
गीतसंगीत,सामूहिक वनभोज, खेलकुद आदि । यदि कुनै विद्यार्थी धेरै नै समस्यामा भएमा
चाहिँ एकदुई दिन घरमा आराम गर्न दिन पनि सकिन्छ ।
प्रभावित तथा प्रभावित नभएका विद्यार्थीहरुसँग बसी उनीहरुको विचार बुझ्नुको
साथै समस्याका बारेमा बुझाइदिनु पर्दछ । तनाव व्यवस्थापनका सीपहरु सिकाइदिन सकिन्छ
।
प्रत्येक प्रभावित बालबालिकाहरुसँग छुट्टाछुट्टै बसी उनीहरुको भावनात्मक कुरा,पिडा वा तनावलाई सुनिदिनु पर्दछ र तनावलाई कम गर्ने
उपायहरुको बारेमा सँगै बसेर कुराकानी गर्नु पर्दछ वा मनोसामाजिक मनोपरामर्श
९एकथअजयकयअष्ब िऋयगलकभष्लिन० गर्नु पर्दछ
।
उनीहरुमा रहेको डर, त्रास र अन्धविश्वासलाई कम गर्ने प्रयास गर्नुपर्दछ ।
ठुलो रोग होइन, छिट्टै निको हुन्छ, ज्यानको खतरा हुँदैन जस्ता यथार्थ कुराको बारेमा बुझाउनु पर्दछ ।
ऋभिभावक, समाज
एवम् शिक्षक शिक्षिकासँग पनि कुराकानी गरी उनीहरुको विचार तथा अनुभव पनि सुन्नु
पर्दछ र उनीहरुलाई यस्तो समस्याको बारेमा पर्याप्त जानकारी गराई व्यवस्थापनको
क्रममा उनीहरुबाट पनि सहयोग लिनुपर्दछ ।
विशेषज्ञस्तरको सहयोग तथा उपचार ः
विद्यालय स्तरमा उपलब्ध गराइने सहयोगबाट समस्यामा कमी नआएमा
थप मनोसामाजिक मनोपरामर्शका लागि यस्तो सेवा उपलब्ध हुने नजिकैको स्वास्थ्य
संस्थामा लैजान सल्लाह दिनु पर्दछ वा मनोविद कहाँ पठाउनु पर्दछ ।
बुझ्नुपर्ने कुरा ः
”यस्तो समस्या औषधि खाएर निको हुँदैन । यो रोग होइन । यो
तनावजन्य समस्या हो । त्यसैले विद्यालय तथा घर परिवारमा सहयोगी वातावरण निर्माण
मार्फत उनीहरुको तनावलाई कम गर्ने उपायहरु खोज्नु तथा तालिम प्राप्त शिक्षक वा
मनोविदसँग मनोविमर्श सेवा लिनु नै समस्याको समाधान हो ।“
Case Study
रमा (नाम परिवर्तन) कक्षा १० मा पढ्ने छात्रा हुन् । उनी बिगत ५ महिनादेखि विद्यालयमा कहिले कक्ष्ाँमा पढाइरहेको बेलामा त कहिले विद्यालयको चौरमा पटक पटक बेहोस भइसकेकी छिन् । उनी बिगत १ महिनादेाि हप्तामा २÷४ पटक नै बेहोस भइन् । बेहोस भएको ४,५ मिनट पछि उनलाई के भयो भनेर सोध्ने तथा सुम्सुम्याउन थाले तब उनले आफ्नो घाँटी च्याप्न कोशिस गर्दै मलाई मारिदेऊ भनेर पनि भनिरहेकी थिइन् । उनले त्यतिबेला आधाघण्टासम्म बेलाबेलामा त्यस्तो व्यवहार देखाइरहेकी थिइन् । त्यसपछि उनले आफ्नो दाहिने हात नै नचलेको गुनासो पनि गरेकी थिइन् ।

0 Comments